कीवर्डहरू -

टिकटकबाट भिडियो चोरेर एडल्ट डेटिङ साइटमा पोष्ट गर्दै स्क्यामर

टिकटकबाट भिडियो चोरेर एडल्ट डेटिङ साइटमा पोष्ट गर्दै स्क्यामर

स्कयामरहरुले टिकटकबाट भिडियो चोरेर एडल्ट डेटिङ साइटहरुमा पोष्ट गर्ने गरेको पाइएको छ । युट्युब सर्टसको कन्टेन्ट क्रियटरहरुले टिकटकको भिडियोहरुलाई दुरुपयोग गरेर अनैतिक क्रियाकलापको लागि प्रयोग गर्ने गरेको पाइएको छ ।

टिनेबलमा अन्वेषक रहेका सतनम नाराङको अनुसार टिकटकबाट चोरिएको भिडियोहरु युट्युब सर्टसमा पोष्ट गर्दा ४० हजार भिडियोहरुले ३.२ बिलियन भ्यू पाएका छन् । आफू सफल हुन अर्काे एपबाट भिडियो चोरी गर्दै पोस्ट गर्ने ट्रेण्ड एकदमै बढदै गएको छ ।

आफ्नो सामान र सेवा प्रचार गर्नलाई पनि यस्तो भिडियोहरु दुरुपयोग गरिरहेको पाइएको छ । स्कयामरहरुले भिडियो चोरेर सर्टस वा अरु प्लेटफर्महरुमा पोस्ट गर्ने गर्दछन् र त्यहाँ एडल्ट डेटिङ साइटको लिंक पनि इमबेड गरिदिएका हुन्छन्, जसले गर्दा भिडियो हेर्दा हेर्दै प्रयोगकर्ता एडल्ट डेटिङ साइटमा पुग्न सक्नछन् । तौल घटाउने प्रडक्टहरुका पनि विज्ञापन यस्ता भिडियोहरुमा गर्ने गरेको पाइएको छ ।