कीवर्डहरू -

खल्तीमा सिभिल बैंकको खातामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने  मौका

खल्तीमा सिभिल बैंकको खातामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने  मौका

खल्तीले सिभिल बैंकको खातामा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि १०० रुपैयाँ बोनस अफर ल्याएको छ । बोनसका साथै हरेक महिना एक प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका रहेको छ ।

खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ ।

प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै गर्न सकिनेछ ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको खल्तीको दाबी छ । १०० बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागू हुनेछ ।