कीवर्डहरू -

एक वर्षमा उत्तर कोरियाली ह्याकरले चोरे ४७ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी

एक वर्षमा उत्तर कोरियाली ह्याकरले चोरे ४७ अर्ब रुपैयाँ बराबरको  क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् । गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी चोर्न कम्तीमा पनि सात ओटा आक्रमण गरेका थिए र डिजिटल एसेटबाट ४७ अर्ब रुपैयाँ (४०० मिलियन डलर) चोरेका थिए ।

सन् २०२० को तुलनामा ह्याकबाट हुने फाइदा ४० प्रतिशतले वृद्धि भएको छ । यूनाइटेड नेशनको विज्ञहरुको प्यानेलले उत्तर कोरियाको सरकारलाई चोरिएको पैसा न्यूक्लिअर हतियार र ब्यालिस्टिक मिसाइल बनाउन प्रयोग गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले ह्याकिङको आरोपलाई अस्वीकार गर्दै विज्ञप्ति जजारी गरेको छ ।

गत वर्ष अमेरिकाले तीन जना उत्तर कोरियाली कम्प्यूटर प्रोग्रामरहरुलाई १.३ बिलियन डलर रकम र क्रिप्टोकरेन्सी चोरी गर्न खोजेको भनेर सजाय दिएको थियो ।

आक्रमणकर्ताले कोड एक्सप्लोइट, म्यालवेयर र एडभान्सड सोसल इन्जिनियरिङ टूलहरु प्रयोग गरेर ह्याक सञ्चालन गरेका थिए ।

गत वर्षको धेरैजसो आक्रमण लेजारस ग्रुपलेनै सञ्चालन गरेको थियो । यो समूह वानअ क्राई र्यानसमवेयर आक्रमणमा पनि संलग्न रेहको आरोेप रहेको छ ।