कीवर्डहरू -

आधाभन्दा बढी अमेरिकीले किन प्रयोग गर्न खोज्दै छन् स्टारलिंकको इन्टरनेट ? यस्तो छ कारण

आधाभन्दा बढी अमेरिकीले किन प्रयोग गर्न खोज्दै छन् स्टारलिंकको इन्टरनेट ? यस्तो छ कारण

आधाभन्दा बढी अमेरिकीले स्टारलिंकको इन्टरनेट प्रयोग गर्न खोजेको एक अध्ययनले देखाएको छ । रिभ्युज डटओआरजीले गरेको पछिल्लो एक अध्ययन अनुसार आधाभन्दा बढी अमेरिकीहरुले स्टारलिङ्क इन्टरनेट प्रयोग गर्न चाहिरहेका छन् ।

उक्त अध्ययन १८ वर्षभन्दा माथिका ५०० जनामा गरिएको थियो । अध्ययनमा ५५ प्रतिशत अमेरिकीहरुले आफ्नो घरमा भएको इन्टरनेट भन्दा स्टारलिंकको इन्टरनेट स्पीड फास्ट भए बढी पैसा तिरेर भएपनि स्टारलिंकको इन्टरनेट प्रयोग गर्ने बताएका थिए ।

त्यस्तै ५१ प्रतिशत अमेरिकीहरुले बेटा प्रोग्राम आफ्नो लागि उपलब्ध भयो भने साइन अप गर्ने भनेका छन् । त्यस्तै ५ प्रतिशत अमेरिकीहरुले अहिलेनै स्याटेलाईट इन्टरनेट कनेक्सन प्रयोग गर्ने गर्दछन् तर स्टारलिकं आएमा त्यही प्रयोग गर्ने सोचेका छन् ।

सर्वेक्षणमा भाग लिएका मध्ये ७४ प्रतिशतले हाई क्वालिटी स्ट्रीमिङ, ७२ प्रतिशतले हाई फिडेलिटी भिडियो कल र ५६ प्रतिशतले अनलाइन गेमिङ परफोरमेन्समा राम्रो भएमा स्टारलिंक प्रयोग गर्ने बताएका छन् ।

सन् २०१८ को मार्चमा अमेरिकाको अनुमतिमा एलन मस्कको कम्पनी स्पेसएक्सले इन्टरनेट सेवा प्रदान गर्नका लागि स्याटेलाईट लञ्च गरेको थियो । यसको नाम स्टारलिङ्क राखिएको छ ।

दुर्गम क्षेत्रहरुमा स्याटेलाइटबाटै इन्टरनेट दिने उद्देश्यसहित स्टारलिंकको जन्म भएको थियो । स्पेसएक्सले सन् २०१९ मा ६० ओटा स्याटेलाईट लञ्च गरेको थियो । स्टारलिकंको लागि स्पेसएक्सले पहिलै १८०० उपग्रह लञ्च गरिसकेको छ ।

सन् २०२० मा स्टारलिंकले बेटा परीक्षण शुरू गरेको थियो भने सन् २०२१ बाट बेटा परीक्षण सकिएर वास्तविक सेवामा परिणत भइसकेको छ । स्टारलिंकको ईन्टरनेट सेवा अमेरिका, यूरोप, अस्ट्रेलिया लगायतका देशहरुका लागि उपलब्ध भइसकेको छ ।

सन् २०२१ को अगस्टको अन्तिमसम्ममा स्पेसएक्सले १ लाख स्टारलिकं टर्मिनल ढुवानी गरिसकेको छ । बेटा परीक्षण हटेपछि स्टारलिकंको सङ्ख्या अझै बढाइएको छ । स्टारलिंकका एक लाख ४० हजार प्रयोगकर्ता रहेका छन् ।

स्टारलिंकको इन्टरनेट प्रयोग गर्न किन खोज्दै छन् अमेरिकी ?

पहिलो कुरा स्टारलिंकको इन्टरनेट धेरै ठाउँमा उपलब्ध हुनेवाला छ । धेरै प्रयोगकर्ताले स्टारलिकंले अनलाइन हुँदा चाहिने जति स्पीड दिनेहुँदा प्रयोग गर्न उत्सुक छन् ।

अमेरिकाको धेरैजस्तो क्षेत्रमा इन्टरनेट उपलब्ध भएतापनि अहिलेपनि केही क्षेत्र छन् जहाँ इन्टरनेट सेवा नराम्रो छ वा उपलब्ध रहेको छैन् । त्यस्तो दुर्गम क्षेत्रमा केबल राख्दा एकदमै महँगो पर्ने हुँदा स्टारलिकंको इन्टरनेट उपयुक्त हुनेछ ।

मन पराउनुको अर्को कुरा स्पीड हो । स्टारलिकंको इन्टरनेट गति एकदमै छिटो रहेको छ । धेरैजसो स्याटेलाइट इन्टरनेट सेवा सुस्त हुने गर्दछन् तर त्यो समस्या स्टारलिंकमा छैन् । स्टारलिंकले लो अर्बिटमा स्याटेलाईट राखेका कारण इन्टरनेटको गतिमा प्रभाव पर्दैन् ।

अरु स्याटेलाइट इन्टरनेट प्रदायकले ६०० एमएसको लयाटेन्सी प्रदान गर्ने गर्दथे भने स्टारलिंकले ४५ एमएसको लयाटेन्सी प्रदान गर्ने गर्दछ । अनलाइन गेमिङका लागि स्टारलिंक एकदमै उपयुक्त रहेको छ ।

स्टारलिकंको इन्टरनेट सस्तो पनि छ । इन्टरनेट जडान गर्ने सामग्रीका लागि सुरुमा ४९९ डलर तिर्नुपर्ने हुन्छ र पछि मासिक अनलिमिटेड डेटाका लागि ९९ डलर तिर्नुपर्ने हुन्छ । अमेरिकामा रहेका अरु इन्टरनेट सेवा प्रदायकको तुलनामा स्टारलिंकले सस्तोमै सेवा दिएको छ ।

स्टारलिकंको बेटा परीक्षण सकिएको छ, जसमा ग्राहकले सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यस आधारमा पनि ग्राहकहरू यसतर्फ आकर्षित भएका हुन सक्छन् । यसको स्पीड केबल इन्टरनेटकै जस्तो देखेर धेरै प्रयोगकताहरु चकित भएका थिए ।

स्टारलिंकमा ग्राहक आकर्षित हुन अर्को कारण हो, स्पेसएक्सको विश्वसनीयता । स्टारलिंक स्पेस एक्सले निर्माण गरेको हो । स्पेस एक्स अन्तरिक्ष अनुसन्धानमा आफुलाई अब्बल साबित गरिसकेको कम्पनी हो ।

एलन मस्कले स्पेसएक्सको सफलता र टेस्लाको सफलताले आफूलाई विश्वसनीय बनाइसकेकका छन्, जसका कारणले स्टारलिंकको विश्वास पनि माथि जान सकेको हो ।