कीवर्डहरू -

दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन 

दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन 

दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमारमा सञ्चालित दराजले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

दराजले आफ्नो नयाँ लोगोसँगै वेबसाइट र एपको युआईमा पनि परिवर्तन ल्याएको छ । दराज नेपालको लोकप्रिय अनलाइन शपिङ प्लेटफर्म हो, जसबाट आफुलाई आवश्यक सामानहरू दराजबाट घरमै मगाउन सकिन्छ ।

आफुले मगाएको सामानको पैसा भिसा, मास्टर कार्ड वा सामान पाएपछि मात्र दिन सकिन्छ ।  दराजले केही दिन अगाडि मात्रै दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवरलाई नियुक्त गरेको थियो ।