कीवर्डहरू -

बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा यूएसडी, ईयूआर, जिबिपी,एयूडी, सिएडी तथा जेपिवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् ।

यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् । साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन् ।