कीवर्डहरू -

यसरी लुकाउनुहोस् आफूलाई इन्स्टाग्राममा अनलाइन देखाउने इन्डिकेटर 

यसरी लुकाउनुहोस् आफूलाई इन्स्टाग्राममा अनलाइन देखाउने इन्डिकेटर 

इन्स्टाग्राम अहिले मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ ।

फोटो सेयरिङ एपको रुपमा रहेको इन्स्टाग्राममा अनलाइन देखाउन ग्रीन इन्डिकेटरलाई बन्द गर्न सकिन्छ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम इन्स्टाग्राम एप खोल्नुहोस् । अब प्रोफाइल सेक्सनमा गएर स्क्रीनको तल्लो बायाँ भागमा रहेको प्रोेफाइल इमेजमा क्लिक गर्नुहोस् । यति गरेपछि तीन ओटा धर्काे भएको अप्सनमा क्लिम गरेर मेन्युबाट सेटिगं सेलेक्ट गर्नुपर्ने हुन्छ ।

अब प्राइभेसीमा गएर एक्टीभिटि स्टाटस भन्ने अप्सन खोजेर शो एक्टीभिटि स्टाटसको टगल अफ गरिदिनुपर्छ । यसरी स्मार्टफोनमा एक्टीभ स्टाटस अफ गर्न सकिन्छ ।

पिसीमा

सर्वप्रथम आफ्नो पिसी ब्राउजरमा इन्स्टाग्राम डटकममा गएर आफ्नो अकाउन्टमा लगइन गर्नुपर्ने हुन्छ । अब प्रोफाइल सेक्सनमा गएर स्क्रीनको तल्लो बायाँ भागमा रहेको प्रोेफाइल इमेजमा क्लिक गर्नुहोस् ।

यति गरेपछि तीन ओटा धर्काे भएको अप्सनमा क्लिम गरेर मेन्युबाट सेटिगं सेलेक्ट गर्नुपर्ने हुन्छ । अब प्राइभेसी एण्ड सेक्युरिटी अप्सनमा गएर क्लिक गर्नुपर्छ ।

यसपछि शो एक्टीभिटि स्टाटसको छेउको चेकबक्सको टिकलाई हटाउनुपर्ने हुन्छ । यसरी पिसीमा आफूलाई अफलाइन बनाउन सकिन्छ ।