कीवर्डहरू -

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न 

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न 

हल्ट प्राइज कसमस कलेजले सोमबार भर्चुअल म्युजिकल इभ सम्पन्न भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेज र मेधावि कलेजको सहकार्यमा हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न भएको हो ।

भर्चुअल म्युजिकल सेसन गूगल मिटमा गरिएको थियो, जसमा ७५ भन्दा बढी विद्यार्थी र १५ भन्दा बढी विद्यार्थी परफरमरको रूपमा उपस्थिति थियो ।

२ घण्टासम्म आयोजना गरिएको उक्त भर्चुअल म्युनिक सेसन कलेजका सबै संकायका विद्यार्थीका लागि खुल्ला गरिएको थियो ।

कसमस कलेजको हल्ट प्राइजका कलेज निर्देशक दिपक दाहालले अहिले चलिरहेको महामारीको तनाव कम गर्ने र विद्यार्थीमा लुकेको प्रतिभा खोजी गर्ने उद्देश्यले म्युजिकल सेसन आयोजना गरिएको बताए ।