कीवर्डहरू -

आईफोन १३ बाट बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने 

आईफोन १३ बाट बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने 

एप्पलको आईफोन १३ मा बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने भएको छ । सम्पूर्ण आइफोन १३ सिरिजका लागि एप्पलले यो फिचर हटाउने भएको हो ।

यो फिचर हटेपछि सेटिङको एक्सेसिबिलिटी ट्याबबाट न्वाइज क्यान्सिलेशन फिचरको अप्सन हट्नेछ । यो फिचरले गर्दा सुन्न सहज हुने गर्दथ्यो । यो फिचर आईओएस १५ मा भने अझै पनि उपलब्ध रहेको छ ।

रेडइटमा प्रयोगकर्ताले यस फिचरबारे प्रश्न सोध्दा उत्तरमा कम्पनीको एप्पल सपोर्टले फिचर उपलब्ध नरहेको बताएको हो । न्वाइज क्यान्सिलेशन एयरपड प्रयोग गरेर अझै पनि यो फिचर प्रयोग गर्न सकिनेछ ।