कीवर्डहरू -

‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै

‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै

यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल वित्त) तय भएको छ । हरेक वर्ष मार्च १५ मा मनाइने गरेकोे विश्व उपभोक्ता अधिकार दिवसको यो वर्षको थिम निष्पक्ष डिजिटल वित्त तय भएको हो । यो थिम गैर नाफामूलक संस्था कन्जुमर इन्टरनेशनलले घोषणा गरेको हो ।

यस दिवसमा विश्वव्यापी रुपमा उपभोक्ता अधिकारका बारेमा चेतनामूलक कार्यक्रम, उपभोक्ता संरक्षण र सशक्तिकरणको विषयहरुलाई उठान गर्ने गरिन्छ । यस वर्ष पनि विगतका वर्ष जस्तै कार्यक्रमहरु गर्न कन्जुमर इन्टरनेशनलले सहकार्य गर्ने भएको छ ।

कन्जुमर इन्टरनेशनलले सय भन्दा बढि देश र २०० उपभोक्ता एडभोकेशी सदस्यहरुसँग सहकार्य गरेर यस दिवसलाई अविस्मरणीय बनाउन काममा लागिपरेको छ । गत वर्ष प्लास्टिक प्रदुषण हटाउनका लागि संस्थाले काम गरेको थियो ।

यस थिमले विश्वभरिका उपभोक्ताका लागि निष्पक्षीय डिजिटल वित्तको स्थापना गर्ने माग गरेको हो । यस पहलले डिजिटल वित्तलाई कसरी सुरक्षित, निजी, दिगो र समावेशी बनाउने भन्ने विषयहरुमा छलफल गर्न र निष्कर्ष निकाल्न सकिन्छ भनेर संस्थाको विश्वास रहेको छ । विश्व उपभोक्ता अधिकार दिवसले विश्वव्यापी रुपमा महत्वपूर्ण विषयहरुको उठान र छलफल गर्ने वातावरण बनाइदिने पनि देखिन्छ ।