कीवर्डहरू -

सामान्य टिभीलाई पनि स्मार्ट टिभी बनाउन सकिने गरी नेट टिभीले ल्यायो नयाँ सेटअप बक्स

सामान्य टिभीलाई पनि स्मार्ट टिभी बनाउन सकिने गरी नेट टिभीले ल्यायो नयाँ सेटअप बक्स

नेट टिभीले एन्ड्रोइड टिभीमा आधारित ‘नेट टिभी स्ट्रिम्ज प्लस’ सेटअप बक्स सार्वजनिक गरेको छ । २ वर्षको तयारीपछि कम्पनीले नेट टिभी स्ट्रिम्ज प्लस सार्वजनिक गरेको हो ।

यो सेटअप बक्स एन्ड्रोइड टिभीबाट सञ्चालित छ । नेट टिभी नेपालको पहिलो गूगलबाट प्रमाणित एन्ड्रोड टिभी सञ्चालक हो । यसमा गूगल प्ले, क्रोमकास्ट, युट्युब र भ्वाइस कन्ट्रोलको सुविधा रहेको छ ।

नेट टिभी स्ट्रिम्ज प्लसको सहयोगले एउटा सामान्य टिभीलाई पनि फिचरयुक्त स्मार्ट टिभी बनाउन सकिने छ । यसमा २०० बढी लाईभ टिभी च्यानलहरू उपलब्ध हुनेछन् । यसलाई कन्ट्रोल गर्न आफ्नो स्मार्टफोन रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ ।

नेट टिभीको यस सेटअप बक्सबाट गेम खेल्न सकिने छ , जसका लागि कम्पनीले एयर कन्सोलसँग सहकार्य गरेको छ । अहिले १८० बढी गेमहरू नेट टिभीको सेटअप बक्स प्रयोग गरी टिभीमा खेल्न सकिन्छ ।

नेट टिभी स्ट्रिम्ज प्लसले डुअल ब्याण्ड वाईफाई, युएसबी टाइप ए पोर्ट, युएसबी ड्राइभ लगायतका फिचर दिएको छ । यसमा नेट फ्लिक्स र अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्म भने उपलब्ध छैनन् ।

सरकारको नीतिका कारण नेट फ्लिक्स र अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्म उपलब्ध गराउन नसकिएको कम्पनीको भनाइ छ । तर पनि भविष्यमा यी सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकको नजिकको शाखामा गएर नेट टिभी स्ट्रिम्ज प्लसको सेटअप बक्स खरिद गर्न सकिने छ । सेटअप बक्सको शुल्कका वर्ल्डलिंक वा नेट टिभीमा सम्पर्क गर्न सकिने छ । यसको मासिक प्याकेजको शुल्क ३५० रूपैयाँ तोकिएको छ ।