कीवर्डहरू -

सामसङको एक्जीनोस २२०० सार्वजनिक 

सामसङको एक्जीनोस २२०० सार्वजनिक 

सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग गर्ने गर्दछ । यो पहिलो मोबाइल प्रोसेसर हो जसले रे ट्रेसिङ र अरु गेमिङको फिचरहरु आरडीएनए २ पावर्ड जिपियूबाट चलाउन दिन्छ ।

यो प्रोसेसरलाई सामसङको ग्यालेक्सी एस २२ मा प्रयोग गरिने अनुमान गरिएको छ । ग्यालेक्सी एस २२ फेब्रुअरी ८ मा हुने अनप्याक्ड इभेन्टमा सार्वजनिक हुने भएको छ ।

एक्जीनोस २२०० मोबाइल प्रोसेसर सामसङको ४ न्यानोमिटर ईयूमी प्रक्रियाबाट निर्मण गरिने भएको छ । यो प्रोसेसरमा हाई पावर्ड करटेक्स एक्स टू फ्ल्यागशपि कोर प्रोसेसर प्रयोग गरिएको हुनेछ । त्यस्तै प्रोसेसरमा कोर्टेक्स ए सेभेन टेन बिग कोर र चार ओटा कोर्टेक्स ए फाइभ टेन लिटल कोर रहनेछ । यसमा रहेको यमेज प्रोसेसरले २०० मेगापिक्सेल सम्मको क्याकमेरा सेन्सरलाई सपोर्ट गर्ने गर्दछ ।