कीवर्डहरू -

माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक

माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक

माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।

हाल माई–पे वालेटबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

साथमा हरेक दिन माई–पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै माई पे वालेट डाउनलोड गरी पहिलो पटक प्रयोग गर्ने प्रयोगकर्ताले जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।