कीवर्डहरू -

क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक

क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक

क्रिप्टो डटकमका सिईओले सयौँ अकाउन्टहरु ह्याक भएको स्वीकारेका छन् । विश्वको चौथो ठूलो क्रिप्टो एक्सचेन्जका सिईओ क्रिस मार्सजालेकले ४०० जना प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको बताएका छन् ।

ह्याक कसरी गरियो भन्ने बारे कुनै पनि जानकारी रहेको छैन् । उनले ब्लुमबर्गसँग कुरा गर्दै डेटा ब्रिच भएको खुलाएका छन् ।

४०० ओटा अकाउन्टबाट अनआधिकारिक कारोबार भएको पत्ता लागेको छ । मार्सजालेकले कम्पनीले छिटोनै डेटाब्रिचको समस्यालाई ठिक गरेको पनि दावी गरेका छन् ।

क्रिप्टोकरेन्सीको समाचार प्रदान गर्ने पेज ब्लकले ह्याकरहरुले ३३ मिलियन अमेरिकी डलर लिएको बारे रिपोर्ट गरेको छ । मार्सजालेकले अहिलेसम्म चोरी भएको मूल्य निश्चित गरेका छैनन् ।