कीवर्डहरू -

नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?

नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?

नेपालमा १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार यही मंसिरसम्म १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

गत कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ५४ लाख ३० हजार ३७९ रहेका थिए । कात्तिकको तुलनामा मंसिरमा ५ लाखले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् ।

पछिल्लो समय डिजिटल कारोबारमा मोबाइल बैंकिङले फड्को मारेको छ । मंसिर महिनामा मोबाइल बैंकिङबाट ८८ अर्ब ५३ करोड १० लाख कारोबार भएको छ । उक्त अवधिमा मोबाइल बैंकिङबाट १ करोड ३० लाख ५४ हजार ६८४ वटा कारोबार भएको छ ।

कारोबार रकम पनि कात्तिकको भन्दा मंसिर वृद्धि भएको थियो । कात्तिकमा ७८ अर्ब १५ करोड ७० लाख कारोबार भएको थियो । सो अवधिमा १ करोड २६ लाख १५ हजार ६३७ वटा कारोबार भएको थियो ।