कीवर्डहरू -

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो ३ जनालाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा कस्कीका राजन भट्टराई, पर्वतका विशाल श्रेष्ठ र सुनसरीका दिपेश राज श्रेष्ठ रहेका छन् । राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्यका आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको महाशाकाले जानकारी दिएको छ ।

पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरुसँग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार रूपैयाँ कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको महाशाखाको अनुसन्धानबाट खुलेको छ ।

साथै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन पनि महाशाखाले अनुरोध गरेको छ ।