कीवर्डहरू -

हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो

हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा सुरु भएको छ ।

कसमस कलेजका सिभिल पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपक दाहाल ‘हल्ट प्राइज’ कसमस कलेजको निर्देशक छनोट भएसँगै यो प्रतियोगिता पहिलो पटक कसमसमा हुँदैछ ।

२१ वर्षको उमेरमै दाहालले यो जिम्मेवारीलाई निकै राम्रोसँग निभाएको कसमस परिवारले जनाएको छ । हल्ट प्राइज कसमसका निर्देशक दिपक दाहालले यो सबै श्रेय उनको कमिटी र कसमस कलेजको साथले भएको बताएका छन् ।

कसमस कलेजमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् र विजेताले एक लाख अमेरिकी डलर सम्म जित्नेछन् । दाहालले विद्यार्थीहरूका लागि हल्ट प्राइज सुनौलो अवसर भएको बताए ।

विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको क्याम्पस निर्देशक दाहालले बताए ।