कीवर्डहरू -

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को ग्राण्ड फिनाले शुरू, विजेतालाई १७ करोड पुरस्कार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को ग्राण्ड फिनाले शुरू, विजेतालाई १७ करोड पुरस्कार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । जनवरी २१ अर्थात शुक्रबार साँझबाट पीएमजीसीको ग्राण्ड फिनाले शुरू भएको हो ।

ग्राण्ड फिनाले आईतबारसम्म चल्ने छ । गाण्ड फिनालेका लागि विश्वभरबाट १६ वटा टिम सहभागी भएका छन् । ग्राण्ड फिनालेका लागि आठ टिम दुबई र सिंगापुर गएका छन् भने बाँकीले बुटक्याम्पबाटै खेलिरहेका छन् ।

यसअघि विभिन्न चरणमा भएको खेलमा पूर्वबाट ९ वटा फाइनलमा प्रवेश गरेका थिए । भने पश्चिमबाट ६ वटा टिम फाइलनमा गएका थिए । त्यस्तै इन्डियाको एउटा टिमलाई ग्राण्ड फिनालेका लागि सिधैं बोलाइएको थियो ।

पीएमजीसीको ग्राण्ड फिनालेमा दक्षिण कोरिया, चीन, भियतनाम, मंगोलिया, चिली, ब्राजिल, टर्की, थाइल्याण्ड, मिडिल इस्ट, सीआईएम र भातरबाट गरी १६ टिम सहभागी भएका छन् ।

यसमा जम्मा १८ म्याच हुनेछन्, जसमा प्रत्येक दिन ६-६ म्याच खेलिनेछ । म्याच ३ वटा म्याप इर्‍याङ्गल, स्यानहुक र मिरामारमा हुनेछ ।

पीएमजीसीको जम्मा पुरस्कार राशी ७१ करोड ४३ लाख ७३ हजार रहेको छ । उक्त रकमबाट यसअघि भएका छनोट खेलका विजेतालाई र सहभागीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

पीएमजीसीको ग्राण्ड फिनालको जम्मा पुरस्कार ४१ करोड ६७ लाख रहेको छ । जसमा पहिलो हुनेले १७ करोड ८५ लाख रूपैयाँ पाउने छन् । त्यस्तै दोस्रो हुनेले ७ करोड १४ लाख र तेस्रो हुनेले ३ करोड ५७ लाख रूपैयाँ पाउने छन् । पीएमजीसीको फाइनलमा सहभागी प्रत्येक टिमले ३५ लाख रूपैयाँ पनि पाउने छन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनल ‘ पब्जी मोबाइल इस्पोर्ट्स ’को युट्युब च्यानलमा हेर्न सकिने छ । पीएमजीसीको लाईभ नेपालीसहित १७ भाषामा प्रत्यक्ष प्रसारण भइरहेको छ ।