कीवर्डहरू -

रेडक्रसमाथि साइबर आक्रमण, ५ लाख १५ हजार व्यक्तिको डेटा ब्रिच 

रेडक्रसमाथि साइबर आक्रमण, ५ लाख १५ हजार व्यक्तिको डेटा ब्रिच 

रेडक्रस माथि साइबर आक्रमण भएको छ । उक्त साइबर आक्रमणले गर्दा ५ लाख १५ हजार जना मान्छेको डेटा बाहिरिएको छ । रेड क्रसले ती मान्छेहरुको डेटा लिक गर्न वा विक्रि नगरिदिन ह्याकरहरुसँग आग्रह गरेको छ ।

लापत्ता रहेका मान्छेहरुको डेटा माथि आक्रमण गरिएकाले परिवारको सदस्य गुमाइरहेका परिवारका लागि अझै कष्टकर हुने हुँदा डेटा लिक वा विक्रि नगरिदिन रेड क्रसले ह्याकरहरुसँग बिन्ती गरेको हो ।

यस्तो जानकारीलाई लक्षित गरेर आक्रमण गरिन्छ भनेर हामीले कहिले पनि सोचेका थिएनौँ भनेर द इन्टरनेशनल कमिटी अफ रेडक्रसका प्रबन्ध निर्देशकले बताएका छन् ।

यसले गर्दा मानवीय सेवा खाँचो भएको मान्छेहरुलाई थप जोखिममा पार्ने पनि उनको भनाइ रहेको छ । आक्रमण गरिएको डेटा विश्वव्यापी रुपमा ६० ओटा रेडक्रस र रेड क्रेसेन्टन्याशनल सोसाइटीहरुबाट प्राप्त गरिएको थियो ।

एकदमै संवेदनशील मान्छेहरुको डेटा ब्रिच गरिएको रेड क्रसले बताएको छ जसमा झगडा,सरुवा, प्रकोपबाट परिवारबाट बिछडिएका मान्छेहरु रहेका छन् ।

विश्वमै एकदमै कमजोर पक्ष्ँका व्यक्तिहरुका डेटा रहेकाले पटकपटक रेडक्रसले डेटा लिक वा विक्रि नगरिदिन बिन्ती गरिरहेको छ ।