कीवर्डहरू -

क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल लगायतमा आवद्ध भएर कारोबार गरे कारवाही हुने

क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल लगायतमा आवद्ध भएर कारोबार गरे कारवाही हुने

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल, काउड वान लगायतमा आवद्ध भएर कारोबार  गरे कारवाही हुने चेतावनी दिएको छ ।

आईतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकले हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई क्रिप्टोकरेन्सी तथा परामिड शैलीको व्यवसाय गैरकानूनी रहेको जनाएको हो ।

राष्ट्र बैंकको विज्ञप्ती भनिएको छ, ‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा गर्न र जोसियल, क्राउड वान, सोले म्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ ।’

नेपालमा विदेशी विनिमय वा मुद्रा रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी ले कानूनी मान्यता नपाएको राष्ट्र बैंकले जानकारी दिएको छ । गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकको भनाइ छ ।

त्यस्ता करोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

\"\"