कीवर्डहरू -

५७ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंकः ३७५२ जनालाई रोजगारी, १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

५७ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंकः ३७५२ जनालाई रोजगारी, १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक आजकै दिन अर्थात बिं.स. २०२२ माघ १० गते स्थापना भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक सरकारी लगानीमा स्थापना भएको बैंक हो । पुस मसान्तसम्म बैंकको कुल निक्षेप २४४ अर्ब रहेको छ । त्यस्तै कुल कर्जा २१३ अर्ब प्रवाह भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका देशभर २५८ शाखा कार्यालय रहेका छन् भने २४५ एटिएम रहेका छन् । बैंकले ३ हजार ७५२ जनालाई रोजगारी दिएको छ ।

बैंकका ३७ लाख ग्राहक छन् । बैंकले डिजिटल बैंकिङलाई प्राथमितामा राखेको छ । जस कारण बैंकका १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता छन् ।

५ जना प्रोग्रामरले बनाएको इनहाजस सफ्टवेयरबाट शुरू भएको बैंकको डिजिटल यात्रा थियो । अहिले बैंकको कुल कारोबारको ६५ प्रतिशत कारोबार डिजिटल प्रविधिबाट हुने गरेको छ ।

यसअघि लकडाउनको बेला ७५ प्रतिशतसम्म कारोबार डिजिटलबाट भएको थियो । राष्ट्रिय वाणिज्य बैंकसँग अहिले साढे ५ लाख डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् ।

बैंकले डबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पीओएस, ब्रान्चलेस बैंकिङ लगायतका डिजिटल सेवा प्रदान गर्दै आएको छ । साथै नेपाल टेलिकमसँग मिलेर बैंकले नमस्ते पे वालेट समेत सञ्चालनमा ल्याएको छ ।

यो पनि पढ्नुहोस्ः ५ जना प्रोग्रामरले इनहाउस बनाएको सफ्टवेयरबाट सुरु भएको राष्ट्रिय वाणिज्य बैंकको डिजिटल यात्रा