कीवर्डहरू -

अब इन्टरनेट नभएपनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गर्न सकिने

अब इन्टरनेट नभएपनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ अब इन्टरनेट बिना पनि चलाउन सकिने भएको छ । बैंकले आफ्नो ५७ वार्षिकोत्सवको अवसरमा इन्टरनेट नभएपनि युएसएसडीबाट प्रयोग गर्न गरी युएसएसडी मोबाइल बैंकिङ सेवा सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अर्थमन्त्री जनार्दन शर्माले उक्त युएसएसडी मोबाइल बैंकिङको शुरूवात गरेका हुन् ।
अब युएसएसडीबाट ब्यालेन्स चेक, स्टेटमेन्ट फन्ड ट्रान्सफर, मोबाइल टपअप, पिन चेन्ज तथा ट्रान्ज्याक्सन पिन चेन्ज लगायतका सेवा प्रयोग गर्न सकिने छ । युएसएसडीबाट मोबाइल बैंकिङ प्रयोग*३१०११*२०१# डायल गर्नुपर्ने छ ।

यसअघि बैंकको मोबाइल बैंकिङ एसएमएस र इन्टरनेटबाट चलाउन सकिन्थ्यो । तर अब भने स्मार्टफोन नभएपनि किप्याड फोनबाट समेत बैंकको मोबाइल बैंकिङ एप चलाउन सकिने छ ।