कीवर्डहरू -

ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर

ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले ई-स्क्रिल र बाइनान्स जस्ता अनलाइनबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले पुस १० गते सोमबार कैलालिका दिनेश खड्का, उनकी दिदि भगवती खड्का, उनका बुबा नर बहादुर खड्का र खड्काको साथी अनिता धिताल विरूद्ध जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धितालले सामुहिक रूपमा मोबाइल एप ई-स्क्रिल र बाइनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको उनीहरूको बयान, बैंक स्टेटमेन्ट र बरामद मोबाइलबाट खुल्न आएको विभागले जनाएको छ ।

विभागले उनीहरूविरूद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय बिगो जफत र ३ वर्षको कैद सजायसहित मुद्दा दायर गरेको हो ।

उनीहरुले ३१ लाख २७ हजार ८ सय ९६ डलर ७९ सेन्ट बराबरको सटही गरेको र प्रति डलर १२०.३४ रुपैयाँको दरले बिगो रकम कायम गरिएको विभागले जनाएको छ ।

उनीहरुले नेपाल राष्ट्र बैंकको २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएको विभागले जनाएको छ ।

यस्तो छ विभागको सूचना

\"\"