कीवर्डहरू -

५ औं वार्षिकोत्सव मनाउँदै खल्ती

५ औं वार्षिकोत्सव मनाउँदै खल्ती

खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ ।  खल्ती सन् २०१७ जनवरी २६ मा स्थापना भएको थियो ।

दुर्गममा डिजिटल वित्तिय पहुँच पुर्‍याउने खल्तीको योजना रहेको छ । ५ वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण बैंक, मर्चेन्ट, डिलर तथा ग्राहकलाई खल्तीले धन्यवाद दिएको छ ।

खल्तीका २० लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ । हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन् ।

रिचार्ज गर्न, ईन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको डिजिटल भुक्तानीका लागि खल्तीको प्रयोग गर्न सकिने छ ।