कीवर्डहरू -

हल्ट प्राइज आईओईको उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न

हल्ट प्राइज आईओईको उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न

हल्ट प्राइज आईओईले उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न गरेको छ । हल्ट प्राइज आईओईले ‘उद्यमशीलता टक शृङ्खलाःव्यापार विचार सिर्जना’ मा तेस्रो भाग सम्पन्न गरेको हो ।

उक्त भर्चुअल कार्यक्रममा ११० जनाभन्दा बढी सहभागी भएका थिए । यस अन्तर्क्रियात्मक कार्यक्रममा आफ्नो टिमलाई १० लाख डलरसम्म पुर्‍याउनका लागि ठोस व्यापार विचार, विद्यमान समस्या र उचित समाधान बारे छलफल भएको थियो ।

कार्यक्रममा वक्ताका रुपमा बज्र टेक्ननोलोजिजका प्रमुख रणनिती प्रबन्ध श्रेयान पौडेल, टेडएक्स स्पिकर तथा प्रविधि र फाइनान्सको विश्व कीर्तिमान धारक अर्जित भट्टचार्य, फुडमाण्डुका संस्थापक मनोहर भट्टराई र जेनेस सोलुसनका ग्लोबल सिटीओ अञ्जनी फुँयालको उपस्थिति रहेको थियो ।