नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरूको छाता संगठन संघले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको हो ।
उक्त सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’
यो पनि पढ्नुहोस्ः क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ
केही दिन अघि नेपाल राष्ट्र बैंकले पनि नेपालमा क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फन्ड, जोसियल लगायतको कारोबार अवैध रहेको प्रष्ट पारेको थियो । साथै त्यस्तो कारोबार गर्ने गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।
यो पनि पढ्नुहोस्ः क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल लगायतमा आवद्ध भएर कारोबार गरे कारवाही हुने
त्यस्तै राजस्व अनुसन्धान विभागले पनि स्क्रिल र बाईनान्सबाट क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर गरेको छ ।
यो पनि पढ्नुहोस्ः ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर