कीवर्डहरू -

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरूको छाता संगठन संघले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको हो ।

उक्त सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’

केही दिन अघि नेपाल राष्ट्र बैंकले पनि नेपालमा क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फन्ड, जोसियल लगायतको कारोबार अवैध रहेको प्रष्ट पारेको थियो । साथै त्यस्तो कारोबार गर्ने गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।
त्यस्तै राजस्व अनुसन्धान विभागले पनि स्क्रिल र बाईनान्सबाट क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर गरेको छ ।

यो पनि पढ्नुहोस्ः ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर