कीवर्डहरू -

अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने

अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने

अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले अनलाइन पेमेन्ट प्रणालीको उद्घाटन गरेका हुन् ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट अनलाइन राजस्व भुक्तानीको सफल परीक्षण भएसँगै सबै भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न प्रणालीबाट गर्न भन्सारको अनलाइन भुक्तानी सकिने छ । कनेक्ट आईपीएस, कपोरेट पे, एनसीएचएल बैंक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग भएका डिजिटल वालेटबाट राजश्व अनलाइनबाट तिर्न सकिने छ ।