कीवर्डहरू -

सेगवेको विद्युतीय स्कुटर ई १०० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर 

सेगवेको विद्युतीय स्कुटर ई १०० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर 

नेपालमा सेगवेको विद्युतीय स्कुटर ई १०० सार्वजनिक भएको छ । बुधबार सेगवे ई १०० विद्युतीय स्कुटर सार्वजनिक भएको हो ।

सेगवेका लागि नेपालको आधिकारिक आयातकर्ता तथा विक्रेता आईहब प्रालिले सार्वजनिक गरेको हो । यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिने छ ।

यो स्कुटर एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म कुदाउन सकिने छ । सेगवे ई १०० मा ७४ भोल्टेजको टेलर्ड लिथिमय ब्याट्री प्रयोग गरिएको छ । यसको तौल ब्याट्रीसहित ८८ किलोग्राम रहेको छ ।

यसलाई प्रतिघण्टा अधिकतम ७५ किलोमिटरको गतिमा कुदाउन सकिने कम्पनीले जनाएको छ । यसको लोडिङ क्षमता १५० किलोग्रामसम्म रहेको छ ।

नेपालमा यसको मूल्य २ लाख ९१ हजार तोकिएको छ । तर लन्चिङ अफरमा अहिले छुटसहित २ लाख ६५ हजारमा यो स्कुटर खरिद गर्न सकिने छ ।