कीवर्डहरू -

खल्तीले मनायो पाँचौं वार्षिकोत्सव, सीईओ भन्छन्ः खल्तीलाई अझै सरल र उपयोगी बनाउँछौं 

खल्तीले मनायो पाँचौं वार्षिकोत्सव, सीईओ भन्छन्ः खल्तीलाई अझै सरल र उपयोगी बनाउँछौं 

सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आज आफ्नो ५ औं वार्षिकोत्सव  मनाएको छ ।

हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।

कुनै पनि स्टार्टअपका लागि पाँच बर्षको समय भनेको लामो समय हो । उक्त समयमा खल्तीले आफुलाई एक सफल स्टार्टअपको रूपमा आफुलाई सावित गरिसकेको छ । खल्तीको टिम युवाहरूले भरिपूर्ण भएको कम्पनीले जनाएको छ ।

पाचौं वार्षिकोत्सवको अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत, बिनय खड्काले खल्तीलाई अझै सरल र उपयोगी बनाउने लक्ष्य रहेको बताए ।

‘आगामी दिनहरूमा हरेक उमेर समुहलाई खल्ती प्रयोग  गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ 'खल्ती'लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘प्रत्यक्ष-अप्रत्यक्ष रुपमा खल्तीसँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई खल्ती टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।’

त्यस्तै खल्तीका संस्थापक अमित अग्रवालले हरेक प्रयोगकर्ताको समस्या र आवश्यकता अनुसार सेवा ल्याउन प्रयत्नरत रहेको बताए ।

खल्तीका अर्का संस्थापक मनिष मोदीले डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको खल्तीलाई आजको दिन यो स्थानमा पुर्याउन साथ दिने सबैलाई धन्यवाद दिए ।

त्यसैगरी संथापक अरविन्द साहले छैठौं वर्ष भित्र ५० लाख नेपालीमाझ सेवा प्रदायकको रूपमा पुग्ने बताए । त्यस्तै संस्थापक ध्रुब अधिकारीले आधा दशक देखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सहि प्रत्याभुति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको बताए ।