कीवर्डहरू -

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारबाट फर्कने क्रममा कास्कीका मुक्ति खनाललाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जाल फेसबुकबाट महिलालाई फ्रेण्ड रिक्वेस्ट पठाई स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने गरेका थिए ।

उक्त कुराकानीमा उनले ललाईफकाई, धाक, धम्की, डर, त्रास र प्रलोभनमा पारी दुख हैरानी दिई निज पिडित महिलाको नग्न तस्वीर र भीडियो प्राप्त गरी निजको श्रीमान लगायत अन्य आफन्तजनमा सार्वजनिक गरिदिने ब्ल्याकमेल गर्दै आएको ब्यूरोले जानकारी दिएको छ ।

खनालविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएपछि प्रहरीले फरार सूचीमा राखेको थियो ।
\"\"