कीवर्डहरू -

रेडमी नोट ११ नेपाली बजारमा, कति छ मूल्य र कस्ता छन् फिचर ? 

रेडमी नोट ११ नेपाली बजारमा, कति छ मूल्य र कस्ता छन् फिचर ? 

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ११ सार्वजनिक गरेको छ । कम्पनीले ३ स्टोरेज भेरियन्टका रेडमी नोट ११ सार्वजनिक गरेको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा हरेक काम उपभोक्ताहरुलाई ध्यानमा राखेर निर्माण गर्ने बताए ।

‘जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्‍याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ,’ उनले भने’, ‘भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ ।’

फ्ल्यागशिप क्यामेराको अनुभव दिन यसमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ क्यामेरा राखिएको छ ।

अल्ट्रा-वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ । साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्ने जनाइएको छ ।

१२० हर्जसम्मको उच्च रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेट सहितको रेडमी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ तपाइँको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउने छ । रेडमि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा फुल एचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ ।

फोनमा ६ एनएमको स्न्यापड्रयागन ६८० प्रयोग गरिएको छ । साथै यसमा ५००० एमएएचको ब्याट्रि पनि रहेको छ । यसमा फिंगरप्रिन्ट र फेस अनलकको सुविधा रहेको छ ।

रेडमी नोट ११ ४ जीबी र ६ जीबीमा र्‍याम उपलब्ध छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको रेडमी नोट ११ को मूल्य २२ हजार ९९९ रूपैयाँ तोकिएकोछ ।

त्यस्तै ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको फोनको मूल्य २४ हजार ९९९ रूपैयाँ तोकिएको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको यसको मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।