कीवर्डहरू -

आईफाेन १३ जस्तै देखिने जियोनी १३ प्रो सार्वजनिक, हार्माेनी ओएस प्रयाेग

आईफाेन १३ जस्तै देखिने जियोनी १३ प्रो सार्वजनिक, हार्माेनी ओएस प्रयाेग

जियोनी १३ प्रो चीनमा सार्वजनिक भएको छ । यो स्मार्टफोन आईफोन १३ जस्तै देखिने गर्दछ । ह्वावे बाहेकको हामोर्नी ओएस इन्स्टल गरिएको यो पहिलो स्मार्टफोन रहेको छ ।

यसमा ६.२६ इन्चको एलसिडी प्यानेल र ठूलो नच रहेको छ । सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा र १३ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ ।

यसमा फिगंरप्रिन्ट स्कयानर भने उपलब्ध छैन् तर यो फेश अनलक सपोर्टका साथमा उपलब्ध हुने भएको छ । फोनमा युनिएसओसी टि थ्री टेन चिपसेट उपलब्ध रहेको छ ।

यो ४ जिबी र ३२ जिबी इन्टर्नल स्टोरेज र ४ जिबी र १२८ जिबी इन्टर्नल स्टोरेज गरी दुई भर्सनहरुमा उपलब्ध रहेको छ ।

यसमा ३,५०० एमएएचको ब्याट्री रहेको छ । यो फोन डिप शी, ब्लु, ग्लो गोल्ड, ब्रिलियन्ट पर्पल र ग्रेफाईट ब्लयाक रगंमा उपलब्ध रहेको छ ।