कीवर्डहरू -

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । केन्द्रले सोमबार एक सूचना प्रकाशित गर्दै निर्देशकसहित १७ जना कर्मचारीका लागि करार सेवामा दरखास्त माग गरेको हो ।

केन्द्रले सूचना प्रविधि निर्देशक एक जना, कम्प्युटर इन्जिनियर ६ जना, इलेक्ट्रिकल इन्जिनियर १ जना, इलेक्ट्रिकल ओभरसियर ४ जना, कम्प्युटर टेक्निसियन ४ जना र कम्प्युटर अपरेटर १ जना गरी १७ जना कर्मचारी करारमा मागेको हो ।

योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइनबाट दिन सकिने छ । अनलाइनबाटै आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

सूचना हेर्नुहोस्

\"\"