कीवर्डहरू -

प्रतिबन्धका बाबजुद पनि विश्वका शीर्ष १० मूल्यवान ब्राण्डको सूचीमा ह्वावे

प्रतिबन्धका बाबजुद पनि विश्वका शीर्ष १० मूल्यवान ब्राण्डको सूचीमा ह्वावे

सूचना प्रविधि कम्पनी ह्वावे विश्वका १० मूल्यवान ब्राण्डभित्र पर्न सफल भएको छ । सन् २०२२ मा चिनियाँ आईटी कम्पनी ह्वावे विश्वका १० मूल्यवान कम्पनीभित्र पर्न सफल भएको हो ।

यस वर्ष ह्वावे विश्वका १० मूल्यवान ब्राण्ड मध्ये ७१.२ विलियन अमेरिकी डलरसहित ९ नम्बरमा परेको छ । गत वर्ष ह्वावे उक्त सूचीमा १५ औं नम्बरमा रहेको थियो । एक वर्षमै ह्वावेले ६ अंक सुधार गरेको छ ।

अमेरिका लगायत अन्य विभिन्न देशको प्रतिबन्धका बाबजुद पनि ह्वावे विश्वका टप टेन मूल्यवान कम्पनीमा पर्न सफल भएको हो । अमेरिकाले प्रतिबन्ध लगाएपछि अहिले ह्वावेले हार्मोनी ओएस ल्याएको छ । जुन ओएस मोबाइल, कम्प्युटर लगायतका अन्य डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ ।