कीवर्डहरू -

फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने 

फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने 

फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।

सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।

यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा थिएन् । तर अब यो सम्झौतासँगै विभिन्न पसल, धार्मिक स्थल, होटेल, रेष्टुरेन्ट लगायतका अन्य क्षेत्रमा रहेका फोनपेको क्युआरकोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ ।

फोनपेमा हालसम्म ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् । अब यसमा खल्ती पनि थपिएको छ ।