गूगल म्याप्समा हालै केही एआई फिचरहरू थपिएका छन्, जसले प्रयोगकर्तालाई ठाउँहरू खोज्न र गाडी चलाउन अझ सजिलो बनाउन सक्छ। गूगल म्याप्समा थपिएको सबैभन्दा ठूलो फिचर हो ‘आस्क म्याप्स’। यो फिचरले प्रयोगकर्तालाई ठाउँबारे सिधै प्रश्न सोध्ने सुविधा दिन्छ।
बारम्बार खोज्नु वा धेरै रिभ्यु पढ्नुको सट्टा, प्रयोगकर्ताले केवल एउटा प्रश्न टाइप गर्न सक्छन् र गूगल म्याप्सले उनीहरूको आवश्यकता पूरा गर्न कहाँ जानुपर्ने हो भनेर बताइदिन्छ। उदाहरणका लागि, प्रयोगकर्ताले यस्तै प्रश्न टाइप गर्न सक्छन्, ‘म आफ्नो फोन कहाँ चार्ज गर्न सक्छु?’ वा ‘राति टेनिस कोर्ट कहाँ खुला छ?’ आस्क म्याप्सले यी प्रश्नहरूको उत्तर दिन र नक्सामा ती ठाउँहरू देखाउन गूगलको एआई प्रयोग गर्छ। आउनुहोस्, गूगल म्याप्समा आस्क म्याप्स फिचर कसरी प्रयोग गर्ने भन्ने जानौं।
आस्क म्याप्स प्रयोग गर्नु अघि जान्नुपर्ने महत्वपूर्ण कुरा
आस्क म्याप्स फिचर कसरी प्रयोग गर्ने भन्ने विस्तृत तरिका जान्नुअघि केही कुरा तपाईंले थाहा पाउनुपर्छ:
- आस्क म्याप्स गूगलका जेमिनी एआई मोडेलहरूमा आधारित छ।
- यो फिचर तब मात्र काम गर्छ, जब प्रयोगकर्ता लग-इन भएका हुन्छन्।
- तपाईंको अघिल्ला सर्चहरू र सेभ गरिएका ठाउँहरूका आधारमा नतिजा पर्सनलाइज्ड हुन सक्छन्।
- यो फिचर मोबाइल डिभाइसमा बिस्तारै रोल आउट भइरहेको छ।
गूगल म्याप्सका नयाँ फिचरहरू कहाँ उपलब्ध छन्?
आस्क म्याप्स एन्ड्रोइड र आइओएस डिभाइसमा युनाइटेड स्टेट्स र भारतमा रोल आउट हुन थालेको छ। गूगलका अनुसार डेस्कटप सपोर्ट पछि आउनेछ। त्यस्तै, इमर्सिभ नेभिगेसन हाल सुरुमा युनाइटेड स्टेट्समा मात्र लन्च भइरहेको छ र आउँदो महिनाहरूमा अन्य क्षेत्रहरूमा पनि विस्तार हुनेछ। यो एन्ड्रोइड अटो, कारप्ले र गूगल बिल्ट-इन भएका कारहरूसँग पनि काम गर्नेछ।
गूगल म्याप्समा आस्क म्याप्स कसरी प्रयोग गर्ने ?
गूगल म्याप्समा आस्क म्याप्स फिचर प्रयोग गर्न तलका सजिला चरणहरू पालना गर्नुहोस्:
- तपाईंले आफ्नो गूगल म्याप्स एप अपडेट गरिसक्नुभएको छ भन्ने सुनिश्चित गर्नुहोस्।
- आफ्नो फोनमा गूगल म्याप्स खोल्नुहोस्।
- जब स्क्रिनमा आस्क म्याप्स देखिन्छ, त्यसमा ट्याप गर्नुहोस्।
- आफ्नो प्रश्न सजिला शब्दमा सोध्नुहोस्। उदाहरणका लागि, ‘म नजिकै आफ्नो फोन कहाँ चार्ज गर्न सक्छु?’
- स्क्रिनमा देखिएका सुझावहरू हेर्नुहोस्।
- कुनै ठाउँ छान्नुहोस्। त्यहाँ जाने बाटो पाउने, सेभ गर्ने वा साथीहरूसँग शेयर गर्ने विकल्प छान्नुहोस्।
आस्क म्याप्सले तपाईंले पहिले सर्च गरेका ठाउँहरू वा म्याप्समा सेभ गरेका ठाउँहरू हेर्न सक्छ। यसले एपलाई तपाईंको रुचिसँग मिल्ने सिफारिसहरू देखाउन मद्दत गर्छ। जस्तै, तपाईंलाई मन पर्न सक्ने रेस्टुरेन्ट वा घुम्ने ठाउँहरू।
आईसीटी समाचार