कीवर्डहरू -

नाडा अटो शोमा दिपल ईभीको बिग ब्यांग अफर, प्रि बजेट मूल्यमै उपलब्ध हुने

नाडा अटो शोमा दिपल ईभीको बिग ब्यांग अफर, प्रि बजेट मूल्यमै उपलब्ध हुने

नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडान खरिदमा ‘बिग ब्यांग अफर’ घोषणा गरेको छ ।

‘नाडा अटो शो’ मा बिग ब्यांग अफर अन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्यमा ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने छन् ।

चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार अफरमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीहरूको अनुभव लिन पाउनेछन् ।

नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय रहेको छ ।

यस नयाँ ईभीमा वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ जस्ता फिचरहरूले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको कम्पनीको भनाइ छ ।

दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड रहेको कम्पनीको भनाइ छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको यो ईभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिनेछ ।