कीवर्डहरू -

ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन

ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन

हुवावे नेपालले हुवावे टावर, हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उद्घाटन गरेका थिए । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पछिल्ला प्रवृत्तिहरू र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्नेछ। 

प्रदर्शनी केन्द्रको उद्घाटन ह्वावेको नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक नेताहरूको नयाँ पुस्ताका लागि प्लेटफर्म उपलब्ध गराउने निरन्तर प्रतिबद्धताको प्रमाण भएको ह्वावेको दावी छ ।

उद्घाटन समारोहपछि हुवावेको प्रमुख सामाजिक पहल 'सीड्स फर द फ्युचर' २०२४ को समापन समारोह आयोजना गरिएको थियो, जसको उद्देश्य नेपालका युवाहरूलाई आइसिटी शिक्षा र नवप्रवर्तन मार्फत सशक्त बनाउनु हो ।

समापन कार्यक्रममा टेक फर गुड २०२४ प्रतियोगितामा 'पीपल्स च्वाइस अवार्ड' जित्ने टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुवावेले युवाहरूको लागि एउटा प्लेटफर्म सिर्जना गरेको प्रशंसा गर्दै यसले सामाजिक र आर्थिक वृद्धिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने नवप्रवर्तनात्मक समाधानहरू विकास गर्न प्रोत्साहित गर्ने बताए 

यस्तै हुवावे नेपालका सीईओ ह्वांगजुनले पछिल्लो २५ वर्षदेखि 'नेपालमा, नेपालका लागि' नारासहित काम गरिरहेको जानकारी दिदै नेपालको आइसिटी क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्न कुनै कसुर बाँकी नराखेको बताएका थिए । 

डिजिटल नेपालको लक्ष्य केवल सामूहिक प्रयास मार्फत मात्र पूरा गर्न सकिन्छ,' उनले अगाडि भने, 'त्यसैले हामीले ज्ञान साझेदारीको लागि प्रदर्शनी केन्द्र सुरू गरेका छौं । हामीले २५ वर्षसम्म नेपाललाई पूर्ण रूपमा जडान गरिएको, बौद्धिक नेपाल बनाउनको लागि काम गरेका छौं र यो प्रयास निरन्तर रहनेछ।'

हुवावे दक्षिण एशियाका बोर्ड निर्देशक, लिनहाईले आगामी दिनमा पनि डिजिटल लिडरलाई सशक्त बनाउन र देशको प्रविधिगत वृद्धिमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

हुवावेले २०१९ मा नेपालमा 'सीड्स फर द फ्युचर' कार्यक्रमको आरम्भ गरेको थियो । यसले धेरै विद्यार्थीहरूलाई विश्वव्यापी अनुभव र नेतृत्व सीपहरू प्रदान गरेको छ, जसले नेपालको बढ्दो डिजिटल पारिस्थितिकी तंत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

२०२४ मा, 'सीड्स फर द फ्युचर' कार्यक्रममा ३०० भन्दा बढी आवेदन प्राप्त भएका थिए, जसबाट ३० जना विद्यार्थी चयन भएका थिए। यस कार्यक्रममा प्राविधिक तालिम, कार्यशाला, मास्टरक्लास र सहकार्य परियोजनाहरू संयोजन गरिएका थिए।

कार्यक्रमको समापनमा छ जना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई चीनमा हुने एशिया-प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका थिए, जहाँ उनीहरूले बहुमूल्य अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गरेका छन् ।