कीवर्डहरू -

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । विजेतालाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गरेका हुन् । 

योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफुले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ । 

आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए ।

विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखानीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ । 

यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने मात्र नभई अरुहरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ ।

इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले योरपेस पहलहरूमार्फत हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहेको बताइन् । 

योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक जना चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका थिए जसले कार्यक्रमको रौनकलाई अझै बढाएको थियो । 

यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरुको परिवारको निम्ती सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । सदैव मित्रता व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने इन्ड्राइभको प्रतिबद्धता रहेको छ ।