कीवर्डहरू -

नास आईटीको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला चयन

नास आईटीको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला चयन

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) को दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । 

यससँगै अध्यक्षमा टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइराला चयन भएका छन् । यस्तै उपाध्यक्षमा एक सोलुसन्सका सीईओ गौरव राज पाण्डे, महासचिवमा लगप्वाइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं र कोषाध्यक्षमा गोक्यो ल्याब्सका सह-संस्थापक अभय पौडेल चयन भएका छन् ।

त्यस्तै कार्यकारी समितिमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेन्स वेजका एमडी नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द, बीआईसी टेक्नोलोजिजकी सह-संस्थापक प्रार्थना साख: र निवर्तमान अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ रहेका छन् ।

सोल्टी होटलमा आयोजना भएको दोस्रो साधारणसभामा संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष कोइरालालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । अध्यक्षमा चयन भएपछि कोइरालाले नेपाललाई ग्लोबल टेक हबको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।