कीवर्डहरू -

‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’

‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको बताएका छन् । 

सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा एक पोष्ट गर्दै प्रबन्ध निर्देशक चौधरीले एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न रहेको दाबी गरेका हुन् । 

सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती नदिइएको उनको भनाइ छ ।  

उनले अगाडि भनेका छन्, ‘हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

 

नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के…

— Nirvana Chaudhary (@BeingNirvana) December 7, 2023