कीवर्डहरू -

१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी

१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरूले १ हजार जनालाई निःशुल्क एसईईको तयारी कक्षा दिने भएको छ । एम्बिसन गुरूमा १ लाख जोडिएको अवसरमा कम्पनीले १ हजार जनालाई निःशुल्क एसईई पढाउन लागेको हो । 

यसका लागि विद्यालयको सिफारिस आवश्यक पर्नेछ । एउटा विद्यालयबाट बढीमा १० जना विद्यार्थीलाई निःशुल्क एसईई पढ्ने सुविधा मिल्ने छ । 

निःशुल्क एसईई कक्षा अंग्रेजी र नेपाली दुबै माध्यममा सञ्चालन हुने एम्बिसन गुरूले जनाएको छ । एम्बिसन गुरू एआईमा आधारित डिजिटल लर्निङ प्लेटफर्म हो । 
null