कीवर्डहरू -

करिब १० अर्ब पासवर्ड लिक, आफ्नो पर्‍यो की परेन यसरी चेक गर्नुहोस्

करिब १० अर्ब पासवर्ड लिक, आफ्नो पर्‍यो की परेन यसरी चेक गर्नुहोस्

के तपाई एउटै पासवर्ड विभिन्न अकाउन्टमा प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने यतिबेला सोच्ने समय आएको छ । किनभने करिब १० अर्ब पासवर्ड लिक भएको साइबर न्यूजले पत्ता लगाएको छ । एउटै पासवर्ड विभिन्न अकाउन्टमा प्रयोग गर्नेहरू खतरामा रहेको साइबर न्युजले बताएको छ । 

साइबर न्युजले रिसर्च टिमले ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ युनिक प्लेन टेक्स्ट पासवर्डको कम्पाइलेसन फेला पारेको छ । rockyou2024.txt शीर्षक भएको डेटासहितको फाइल ओबामा केयरले जुलाई ४ मा लीक गरेका थिए । 

संसारभरका व्यक्तिहरूले प्रयोग गर्ने वास्तविक पासवर्डहरूको संकलन भएको र सार्वजनिक पासवर्डहरूले क्रेडेन्सियल स्टफिङ आक्रमणहरूको जोखिमलाई बढाउने अनुसन्धानकर्ताले बताएका छन् । 

जोगिने कसरी ? 

  • लिक्ड पासवर्डसँग जोडिएका सबै अकाउन्टहरूको पासवर्ड रिसेट गरेनुहोस् । 
  • युनिक र बलियो पासवर्ड छनौट गर्नुहोस् । 
  • एउटै पासवर्ड विभिन्न प्लेटफर्ममा प्रयोग नगर्नुहोस् । 
  • सम्भव भएसम्म मिल्टिफ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस् । यसले सुरक्षालाई बढाउँछ । 
  • सुरक्षित पासवर्ड बनाउन र कम्प्लेक्स पासवर्ड स्टोर गर्न पासवर्ड म्यानेजर सफ्टवेयर प्रयोग गर्नुहोस् । 

 यदी तपाईले प्रयोग गर्ने पासवर्ड प्रयोग भएको छ की छैन् थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।