कीवर्डहरू -

सेल्सबेरीमा नेपाल पेबाट क्यूआर गर्दा १० प्रतिशत क्यासब्याक

सेल्सबेरीमा नेपाल पेबाट क्यूआर गर्दा १० प्रतिशत क्यासब्याक

 देशभरिका सेल्सबेरी स्टोरमा सामान खरिद गरी ‘नेपाल पे’ बाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत (अधिकतम १०० रूपैयाँसम्म) क्यासब्याक पाउने  भएका छन् । यो अफर ५ -२० फागुनसम्म लागु हुनेछ ।

सेल्सबेरीका स्टोरमा सामान खरिद गर्दा डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा एक दिनमा एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर अवधिभरि जम्मा ३ पटक मात्रै क्यासब्याक प्राप्त हुनेछ सेल्सबेरीले जनाएको छ ।

सेल्सबेरी स्टोरबाट सामान खरिद गरेवापत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका  मोबाइल बैंकिङ सेवा, वालेट वा कनेक्ट आईपीएसबाट ‘नेपाल पे’ क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूले यो अफर सदुपयोग गर्न सक्नेछन् ।