अब ग्राहकहरूले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सीमित अवधिका लागि लागू हुने कम्पनीको भनाइ छ।
बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरू रहेका छन्।
जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त 'विन्टर अफर' हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरूमा उपलब्ध रहेका छन्।
बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिने बताइएको छ।
ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ, वालेट वा कनेक्टआइपिएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
आईसीटी समाचार