कीवर्डहरू -

सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने १००० जनाले पाए एनपीएलको टिकट

सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने १००० जनाले पाए एनपीएलको टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले १००० टिकट वितरण गरेको छ। 

क्रिकेटको मज्जा दोब्बर अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो, जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेको कम्पनीको भनाइ छ । 

कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको जनाएको छ । 

सीजी इलेक्ट्रोनिक्सले एनपीएल टिकट वितरण अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।