कीवर्डहरू -

टेस्लाको यूरोपेली सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध

टेस्लाको यूरोपेली सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध

टेस्लाको यूरोपेली सुपर चार्जर पनि अब अरू विद्युतीय गाडीका लागि उपलब्ध भएको छ । आज देखि फ्रान्स र नोर्वेमा अरु कम्पनीका विद्युतिय गाडीहरुले पनि टेस्लाको सुपर चार्जर स्टेशनबाट गाडी चार्ज गर्न सक्नेछन् ।

सुपर चार्जर सन् २०२१ को नोभम्बर देखि अरु कम्पनीका लागि पनि उपलब्ध भएको थियो । मस्कले लामो समयदेख यो कुरा सम्भव पार्नका लागि प्रयास गरिरहेका थिए ।

सिएनबीसीका अनुसार केही ब्राण्डले गत वर्ष देखिनै टेस्लाको सुपर चार्जरको पहुँच पाईरहेका छन् । ईलेक्ट्रेकका अनुसार जमर्नीका यातायात मन्त्रीले पनि टेस्लासँग यस बारे छलफल गरिरहेको खुलाएका छन् ।

यूरोपमा पनि सुरुमा गाडी चार्ज गर्ने अवसर नेदरल्याण्डलाई प्रदान गरिएको थियो । यो विस्तारै सबै देशका लागि उपलब्ध हुने उनले बताएका छन् ।