कीवर्डहरू -

भारतले आफ्नै क्रिप्टोकरेन्सी बनाउने, डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर

भारतले आफ्नै क्रिप्टोकरेन्सी बनाउने, डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर

भारतले आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष सन् २०२२/२३ देखि भारतको केन्द्रिय बैंकमा डिजिटल रुपैयाँ प्रयोग गर्न थालिने छ । उक्त डिजिटल रूपैयाँ ब्लकचेन प्रविधिमा आधारित हुनेछ ।

सन् २०२२ का लागि मंगलबार प्रस्तुत गरिएको भारतको चौथो बजेटमा डिजिटल रुपैयाँको कुरा उल्लेख गरिएको छ । बजेट भाषणमा बोल्दै भारतकी अर्थमन्त्री निर्मला सिथारमनले डिजिटल करेन्सी सस्तो हुने र व्यवस्थापन गर्न पनि सहज हुने बताएकी छन् ।

यसले डिजिटल अर्थतन्त्रमा सहयोग पुर्याउने उनको धारणा थियो । भारतले आफ्नो ‘डिजिटल इण्डिया’ प्रोग्राम अन्र्तगत डिजिटल रुपैयाँ ल्याउने भएको हो ।

क्रिप्टोकरेन्सीलाई पनि सही ढगंले व्यवस्थापन गर्न भारतले यो योजना ल्याएको हो । भारतले अब देखि भर्चुअल डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर पनि लगाउने भएको छ ।