कीवर्डहरू -

विन्डोज कम्प्युटरको जंक फाइल यसरी गर्नुहोस् क्लिन

विन्डोज कम्प्युटरको जंक फाइल यसरी गर्नुहोस् क्लिन

डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने क्रममा जंक फाइल सफा गर्नु पनि एकदमै महत्वपूर्ण हुने गर्दछ ।

आज हामी कमाण्ड प्रम्प्टको प्रयोग  गरेर विन्डो पिसीको जंक फाइल कसरी क्ल्नि गर्ने भन्ने बारे जानकारी दिनेछौँ ।सर्वप्रथम स्क्रीनको तल्लो बायाँ भागमा रहेको स्टार्टमा क्लिक गर्नुपर्छ र सर्चबारमा सिएमडी वा कमाण्ड प्रम्प्ट टाइप गर्नुपर्छ ।

त्यसपछि ईन्टर क्लिक गर्नुपर्छ । यति गरेपछि आएको कमाण्ड प्रम्प्ट एप्मा क्लिक गर्नुपर्छ । अब अस्थायी फाइलहरु कहाँ गएर सेभ भएको छ भनेर हेर्न कमाण्ड प्रम्प्ट विन्डोमा तल दिइएको कोड टाइप गर्नुपर्छ । %SystemRoot%\\explorer.exe%temp%\\

त्यसपछि तपाईले कन्ट्रोल र ए थिचेर डिलिट की वा सिफ्ट र डिलिट थिचेर फाइलहरु डिलिट गर्न सक्नुहुनेछ । केही डिस्कमा स्पेस खाली गर्न लो डिस्क कमाण्ड प्रयोग गर्न सकिन्छ, जुन cleanmgr/lowdisk/e हो । त्यस्तै  छुटै डिस्क क्लियर गर्न cleanmgr/verylowdisk/e कोड पनि प्रयोग गर्न सकिन्छ ।